प्रधानमन्त्री कप क्रिकेटमा बाग्मतीले दियो गण्डकीलाई २८९ रनको लक्ष्य

चैत्र ५, २०८१ | तिलोत्तमा
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मतीले गण्डकी प्रदेशलाई २८९ रनको लक्ष्य दिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको बाग्मतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २८८ रन बनायो ।
बाग्मतीका लागि इसान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ६९ रनको अर्धशतकीय इनिङ खेले । पाण्डेले ८२ बलमा चार छक्का प्रहार गरे । विपिन आचार्यले अविजित ६३ रनको योगदान गर्दा शुभ कंसाकार ५२ रनमा आउट भए । विवेक मगरले ३४ रन बनाउँदा रिजन ढकालले नटआउट २३ रन जोडे । ओपनर आसुतोष घिरैयाले १४ रन बनाए भने कप्तान पृथु बास्कोटा १६ रनमा आउट भए ।
बलिङमा गण्डकीका लागि अर्जुन कुमाल एक्लैले चार विकेट हात पारे । उनले ७ ओभमा एक मेडन राख्दै ४० रन खर्चिए । विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । गण्डकीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
गण्डकी यसअघिका चार मध्ये एकमा जित र तीन खेलमा पराजित हुादै पााचौ स्थानमा छ । उसको २ अंक मात्र छ । बाग्मती पनि यसअघिका चार मध्ये एकमा जित र तीन खेलमा हार व्यहोर्दै २ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ ।