पीएम कप क्रिकेटः आर्मीको पहिलो हार, पुलिस अपराजित

चैत्र ६, २०८१ | काठमाडौं

 प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार व्यहोरेको छ । दाङको लमही क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी क्लब मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ गर्दै आर्मी क्लबले दिएको २ सय १८ रनको लक्ष्य मधेश प्रदेशले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो ।

 जितसँगै मधेश प्रदेश ५ खेलबाट ४ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने आर्मी क्लब ६ खेलबाट १० अंक सहित दोस्रो स्थानमा झरेको छ । यसैबीच अर्को विभागीय टोली नेपाल पुलिस क्लबले भने आफ्नो अपराजित यात्रा कामयै राखेको छ । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायम राखेको हो । जितका लागि गण्डकी प्रदेशको टोलीले दिएको ९३ रनको सामान्य लक्ष्य पुलिसले १६ औं ओभरमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । 

जितसँगै पुलिस क्लब तालिकाको शीर्ष स्थानमा छ भने गण्डकी प्रदेशको टोली १० औं स्थानमा पुगेको छ । अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशमाथि ५ विकेटको जित निकालेको छ । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१ं दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । जितसँगै सुदूरपश्चिम प्रदेश ४ अंक सहित तालिकाको सातौं स्थानमा उक्लिएको छ । लुम्बिनी प्रदेश भने तालिकाको तेस्रो स्थानमा यथावत छ ।    


प्रतिक्रिया