सिंगापुरविरुद्ध नेपालको ऐतिहासीक जित

चैत्र ८, २०८१ | काठमाडौं

सिंगापुरसंगको मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा नेपालले ऐतिहासीक जित निकालेको छ ।

 सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि १–० गोल अन्तरको ऐतिहासिक जित निकालेको हो । खेलको १२ औं मिनेटमा नेपालका लागि जिलेप्सीजंग कार्कीले गरेको गोल निर्णायक बन्यो । 

आजको जितसँगै नेपाली टोलीको नेतृत्व सम्हालेका नयाँ मुख्य प्रशिक्षकमा म्याट रसलाई समेत सफलता मिलेको छ । नेपालले ३६ वर्षपछि सिंगापुरविरुद्ध खेल्दै जित निकालेको हो । 

यसअघि विश्वकप छनोटका लागि सन् १९८९ मा भएको खेलमा नेपाल दुईपटक पराजित भएको थियो ।   


प्रतिक्रिया