देव खनालको कप्तानीमा रुपन्देही टिमको घोषणा

चैत्र २४, २०८१ | भैरहवा

लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट च्याम्पियनसिपका लागि रुपन्देहीबाट देव खनालको कप्तानीमा खेलाडी छनोट गरिएको छ । रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धीरज अधिकारी क्षेत्रीको संयोजकत्वको छनोट समितिले खनालको कप्तानीमा १४ जना खेलाडी छनोट गरेको जानकारी दिएको हो ।

प्रदेश खेलकुद परिषद, लुम्बिनी प्रदेशको आयोजनामा सोमबारदेखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय र गुलरिया क्रिकेट मैदान, घोराहीमा उक्त प्रतियोगिता सञ्चालन हुँदैछ । छनोट समिति संयोजक क्षेत्रीले खेलाडीको अहिलेसम्मका प्रदर्शनका आधारमा रुपन्देही जिल्लास्तरीय टिम छनोट गरिएको जानकारी दिए ।

प्रतियोगितामा रुकुम पूर्व बाहेकका ११ जिल्ला सहभागी हुँदैछन् । दुई समूहमा विभाजन गरी खेलाउन लागिएको प्रतियोगिताको समूह ‘ए’मा बाँके, रुपन्देही, पश्चिम नवलपरासी, गुल्मी, अर्घाखाँची र बर्दिया छन् । 

यस्तै, समूह ‘बी’मा पाल्पा, दाङ, रोल्पा, प्यूठान र कपिलवस्तु जिल्लाका टिम समावेश छन् । यही चैत्र २५ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीले सोमबार पहिलो खेल लमहीमा पश्चिम नवलपरासीसँग खेल्नेछ ।

रुपन्देहीको टिम

देव खानल (कप्तान), मिर्नाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, संदीप मौर्य, सुमन पाण्डे, कृष्ण कार्की, विप्रसन केसी, सन्देश थापा, अजयकुमार चौहान, रमेश कुर्मी, सुरज खड्का, आशुतोष पाण्डे र रञ्जित मौर्य छन् । यस्तै, टिम प्रशिक्षकमा कृष्ण कुँवर र व्यवस्थापकमा विजयसिंह ज्ञवाली रहेका छन् ।


प्रतिक्रिया