अनुशासन उल्लङ्घन गरेको भन्दै धनकुटामा चार खेलाडीलाई कारवाही

वैशाख २१, २०८२ | धनकुटा
जिल्ला भलिबल संघ धनकुटाले अनुशासनको उल्लङघन गरेको भन्दै चार खेलाडीलाई कारवाही गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै पालिकास्तरीय महिला भलिबल तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगितमा नाराबाजी तथा खेल अनुशासन विरुद्धका गतिविधि गरेको भन्दै कारबाही गरिएको जनाएको छ ।
संघका अध्यक्ष गौरब कार्कीका अनुसार खेलाडीहरु सन्तोष निरौला, नरेशजंग थापा, सुजन तामाङ र प्रशिक्षक सुजन पौडेललाई कारबाही गरिएको हो । खेल मैदानमा प्रवेश गरेर नाराबारी र खेल रोक्ने प्रयास गरेको भन्दै उनीहरुमाथि २ वर्षका लागि कारबाही गरिएको हो ।
उनीहरुलाई धनकुटामा अफिसियल रुपमा हुने जिल्ला, पालिका, वडा तथा विद्यालय स्तर राष्ट्रपती रनिङ शिल्डमा समेत सहभागी हुन प्रतिबन्ध लगाइएको भलिबल संघ धनकुटाले जनाएको छ ।