एन्फाद्वारा डेढ अर्ब रुपैयाँ बढीको बजेट अनुमोदन

वैशाख २६, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२५ का लागि डेढ अर्ब रुपैयाँ बढीको बजेट अनुमोदन गरेको छ । काभ्रेकोे धुलिखेलमा आज भएको नियमित साधारण सभाले १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँ बजेट अनुमोदन गरेको हो । यो गत वर्षको भन्दा बढी रकम हो ।

 एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पेश गरेको सन् २०२५ को वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । सन् २०२५ को लागि पुरुष, महिला युवा लगायतको कुल १६ कार्यक्रम तय भएका छन् । क्यालेन्डर अनुसार सहिद स्मारक ए डिभिजन लिग पुस १ गतेदेखि गरिने भएको छ ।

 साधारणसभाअघि बैठक स्थल बाहिर केहीबेर तनाव भएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभामा निषेध गरेपछि विवाद भएको हो । एन्फाको साधारण सभामा भाग लिन धुलिखेल पुगेका थापालाई बैठक स्थल प्रवेश गर्ने गेटबाट भित्र प्रवेश गर्न रोक लगाइएको थियो ।   


प्रतिक्रिया