नेपालले विश्वकप लिग–२ मा नेदरल्याण्ड्ससँग खेल्दै

जेष्ठ २७, २०८२
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेदरल्याण्ड्सको सामना गर्दैछ । स्कटल्यान्डको फोर्थहिलमा नेपाल र नेदरल्याण्ड्सबीचको प्रतिस्पर्धा अपराह्न पौने चार बजे सुरु हुनेछ ।
नेदरल्याण्ड्सविरुद्धको यसअघिको खेलमा ५ विकेटको जित निकालेको नेपाल सोही लयलाई निरन्तता दिने योजनामा हुनेछ । स्कटल्यान्ड यात्राको लिग–२ मा नेपालको यो अन्तिम खेल हो । ने
पालले पहिलो दुई खेलमा स्कटल्यान्डलाई १ विकेट र नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्यान्डसँगको दोस्रो खेलमा भने २ रनको हारपछि नेपालको लगातार विजय यात्रा रोकिएको थियो । उच्च नतिजासहित नेपालले यस लिग–२ को शृंखला टुंग्याउन माथिल्लो क्रमको ब्याटिङ र बलिङमा धेरै सुधार गर्नुपर्ने देखिन्छ ।
नेपाल १५ खेलमा १० अंकका साथ विश्वकप क्रिकेट ‘लिग–टू’ तालिकाको सातौं स्थानमा रहेको छ । अमेरिका २८ अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स २२ खेलमा २६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, स्कटल्यान्ड १९ खेलमा २४ अंकसहित तालिकाको चौंथो स्थानमा रहेको छ ।