एनपीएल सिजन टुः शनिबार हुने अक्सनका लागि १ सय ५० खेलाडीको सूची सार्वजनिक

श्रावण २१, २०८२ | काठमाडौं
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज अक्सनमा सहभागी हुने १ सय ५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो । एनपीएल अक्सनका लागि ४ सय ५८ खेलाडीले नाम दर्ता गराएका थिए ।
एनपीएलमा सहभागी ८ टोलीले इच्छाएका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डका आधारमा १ सय ५० खेलाडीको अन्तिम सूची निकालिएको हो । अक्सन आगामी शनिवार हुनेछ ।
श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपीएलको पहिलो संस्करणको अक्सनबाट मार्की समेत गरि ८८ खेलाडी विभिन्न टोलीमा संलग्न भएका थिए ।