एएफसी यू–२० महिला एसियन कप छनोटः नेपाल र भुटानबीच १–१ को बराबरी

श्रावण २१, २०८२ | काठमाडौं

 एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक भुटानसँग बराबरी खेलेको छ । 

 थिम्पुमा भएको खेलमा नेपाल र भुटानबीच १–१ गोलको बराबरी भएको हो । पहिलो मिनेटमा नेपालले गोल गरे पनि अग्रता जोगाउन नसक्दा भुटानसँग बराबरी भएको हो ।

 भुटानले १८ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बराबरी बनाएको थियो । नेपाल रहेको समूह ‘ए’मा आयोजक भुटान, साउदी अरेबिया र पूर्व च्याम्पियन उत्तर कोरिया छन् । 

बंगलादेशमा गत जुलाईमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यसबेला नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो । 


प्रतिक्रिया