अमेरिकी विशेष दूत विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

श्रावण २१, २०८२ | काठमाडौं
रुस–युक्रेन युद्ध विरामका लागि वार्ता गर्ने अन्यौलकाबिच अमेरिकी विशेष दूत स्टिभ विटकोफ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोलाई युक्रेनसँग युद्धविरामको लागि सहमत हुन समयसीमा तोकेपछि विशेष दूत विटकोफको भ्रमण भएको हो । रुसी सञ्चारमाध्यमका अनुसार आज बिहान विटकोफ रुसमा अवतरण गरेपछि वार्ता तीन घण्टासम्म चलेको बीबीसीले जनाएको छ । सो भेटवार्तामा भएको छलफलबारे केही सार्वजनिक गरिएको छैन ।
यसअघि राष्ट्रपति ट्रम्पले रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्न कदम नचालेमा कडा प्रतिबन्धको सामना गर्नुपर्ने या रुससँग व्यापार गर्ने सबै विरुद्ध दोस्रो प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिनुभएको थियो ।