चर्च ब्वाइज क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश

श्रावण २६, २०८२ | ताप्लेजुङ

चर्च ब्वाइज युनाइटेड ताप्लेजुङ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भारतवाट आएको पाहुना टोलि लिजेण्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइज अघिल्लो चरणमा प्रवेश गरेको हो ।

 ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा चर्चब्वाइजका लागि १० औं मिनेटमा मनिस कुमार जर्घाले गरेको गोलनै निर्णयक बन्यो । लिजेण्डका डिफेण्डर प्रितम वेवी ४२ औं मिनेटमा दोहोरो पहेंलो स‘गै रातो कार्ड पाएर खेलवाट बाहिरिएपछि लिजेण्ड १० जनामा सिमित भएको थियो । 

विजेता चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता अन्तर्गत भोलि पॉचथरको फिदिम स्पोर्टिङ क्लव र मधेश प्रदेशको सलहेस युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ । भोलिको विजेताले रेडस्टार क्लब झापासँग फाइनल प्रवेशका लागि खेल्नेछ । 


प्रतिक्रिया