नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित

श्रावण ३०, २०८२ | काठमाडौं
अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ ।
एनटी स्ट्राइकले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । यस्तै, गुल्शन झाले २६ र कप्तान रोहित पौडेलले २३ रन बनाए ।
एनटीका लागि म्याट हामोन्डले ३ तथा टम एन्ड्रयुज र केन रिचार्डसनले २–२ विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको एनटीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ ७७ रन बनाएको थियो ।
एनटी स्ट्राइकका लागि कप्तान डार्सी शर्टले सर्वाधिक ५१ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । नेपालले अब भोलि बंगलादेश ‘ए’ सँग खेल्नेछ ।