लामिछानेलाई सुरक्षाका कारण एक्लै राखिएको छः रुपन्देही कारागार

श्रावण २९, २०८२ | काठमाडौं
रुपन्देही कारागारले क्षमताभन्दा तेब्बर बन्दी रहे पनि रास्वपा सभापति रवि लामिछानेलाई अलग्गै कोठामा राखिएको जनाएको छ ।
कारागार कार्यालय रुपन्देहीले आज विज्ञप्ती जारी गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको जनाएको हो । प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कारागार प्रशासनले बिरामी बन्दीहरूको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ । रुपन्देही कारागारमा कुल २ सय ५० जना बन्दी राख्ने क्षमता रहे पनि हाल ६ सय ४० जना बन्दी रहेका छन् ।
क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको परिचालन गरी कानुनबमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।