रास्वपा उपनिर्वाचनमा जुट्यो, भैरहवामा प्रदेशस्तरीय प्रशिक्षण

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३०, २०८२

रुपन्देही–३ को उपनिर्वाचनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि भैरहवामा सुरु हुदैंछ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोली प्रशिक्षण सञ्चालन हुने रास्वपाले जनाएको छ ।

भैरहवाको गल्लामण्डीस्थित एक बैंक्वेटमा अहिले केहिबेरमा कार्यक्रम सुरु हुने रास्वपाका लुम्बिनी प्रदेश सदस्य तथा अभियान र प्रचारप्रसार प्रमुख महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । प्रशिक्षणमा प्रदेश समिति, सल्लाहाकार, जिल्ला तथा क्षेत्रिय समितिका पदाधिकारी र प्रदेश विभागका सदस्य सहभागी हुने उहाँले बताउनुभयो । रुपन्देही–३ को उप निर्वाचनकालागि जिल्लाका ९ जना आकांक्षीलाई प्रारम्भिक सूचीमा राखेको छ । रास्वपाले प्रशिक्षणबाट चुनावी रणनीति र योजना तयार गर्ने जनाएको छ । 


प्रतिक्रिया