म्यानमारको रखाइन राज्यमा खाद्यान्न अभावपछि मानवीय संकट बढ्दै

श्रावण ३०, २०८२ | काठमाडौं

म्यानमारको रखाइन राज्यमा खाद्यान्न अभावका कारण मानवीय संकट बढ्दै गएको छ ।

 म्यानमारको सो राज्यमा मानवीय संकट बढ्दै गएको भन्दै विश्व खाद्य कार्यक्रमले सहयोगका लागि अपिल समेत गरेको छ । सन् २०२१ मा सैन्य कू पछि गृहयुद्धमा फसेको म्यानमारमा खाद्य संकट चुलिएको हो । 

सन् २०१२ मा भएको साम्प्रदायिक द्वन्द्वपछि विस्थापित भएका १ लाख ४० हजार रोहिंग्यासहितका स्थानीय भोकमरीको समस्याबाट गुज्रीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 रोहिंग्या राख्नका लागि बनाइएको सबैभन्दा ठूलो शिविरमा व्याप्त भोकमरीको समस्या समाधानकालागि विभिन्न सहयोगी निकायले अपिल समेत गर्दै आएका छन् ।

विश्व खाद्य कार्यक्रमले विश्वव्यापी कोषमा आएको ६० प्रतिशतको गिरावटले खाद्य असुरक्षाको सामना गरिहेका म्यानमारका २० प्रतिशत प्रभावितलाई मात्र सहयोग गर्न सक्ने प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समूदायलाई थप सहयोगका लागि अपिल गरेको हो । 


प्रतिक्रिया