ताप्लेजुङ गोल्डकपको उपाधि सलहेसलाई

श्रावण ३१, २०८२ | ताप्लेजुङ

तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मधेश प्रदेशको सलहेस युवा क्लबले जितेको छ । 

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भएको फाइनलमा ए डिभिजन क्लब चर्चब्वाइज युनाईटडलाई २–० गोलले पराजित गर्दै सिरहाको सलहेसले उपाधि उचालेको हो । 

पहिलो हाफ गोलरहित बराबरी भए पनि ७९ औं मिनेटमा सलहेसका सुनिल खड्का र ९१ औं मिनेटमा युसुफ मल्लीकले गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन् । उपाधि विजेता सलहेसले ७ लाख २ हजार ८२ रुपैँया प्राप्त गरेको छ । उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैँयामा चित्त बुझायो । 

सलहेस गतवर्ष मोरङसँग १–० ले पराजित हुँदै उपविजेता बनेको थियो । लाखे जात्राको अवसरमा साउन २४ गते जनै पुर्णिमाबाट सुरु भएको प्रतियोगितामा भारतको एक सहित आठ टिमले सहभागीता जनाएका थिए ।   


प्रतिक्रिया