यू–१७ महिला टोलीको विदाई

भाद्र १, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले साफ यु–१७ महिला च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको बिदाइ गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले आज एक कार्यंक्रमकाबीच युवा टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिता भदौ ४ देखि १५ गतेसम्म भुटानमा हुनेछ । प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन् । 

अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले भदौं ४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 


प्रतिक्रिया