ईडब्लूभीएलमा काठमाडौं स्पाईकर्सको पहिलो जित

भाद्र २२, २०८२ | काठमाडौं
पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पहिलो जित निकालेको छ ।
पोखरा रंगशालास्थित कभर्डहलमा आज भएको पहिलो खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो ।
काठमाडौंले पहिलो सेट २६–२४ ले आफ्ना पक्षमा पार्यो । दोस्रो सेट मधेशले २५–२३ ले जित्दा, तेस्रो र चौथो सेट काठमाडौंले २५–२३ र २५–१९ ले जित्यो ।
काठमाडौं र मधेश दुवै आ–आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेशको भने दोस्रो हार हो । उसले हिजो पोखरा निन्जाजलाई हराएको थियो ।