मन्त्री घिसिङद्वारा टियु मैदानको निरिक्षण

आश्विन २३, २०८२ | काठमाडौं

कीर्तिपुरस्थित निर्माणाधीन टियु क्रिकेट मैदान निर्माणको छिटो सम्पन्न गर्न सरकारले निर्माण कम्पनीलाई निर्देशन दिएको छ । 

ऊर्जा, भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आज मैदानको निरिक्षण पश्चात छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न निर्देशन दिनुभएको हो । आगामी मंसिरमा हुने तय भएको नेपाल प्रिमियर लिग क्रिकेट अघिनै सबै काम सम्पन्न गर्न मन्त्री घिसिङले निर्देशन समेत दिनुभएको छ । 

 निरिक्षणका क्रममा निर्माण कम्पनीले प्यापिट तर्फको काम एक हप्तामा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको मन्त्री घिसिङले बताउनुभयो । यस्तै रात्रीकालिन खेल सञ्चालन गर्नका लागि जडान गर्न लागिएको फ्ल्ड लाईटको काम एक महिना भित्र सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको मन्त्री घिसिङको भनाइ छ । क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अब दोश्रो र तेश्रो चरणको काम समेत सुरु गर्नका लागि टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको मन्त्री गुरुङले बताउनुभयो ।

 अन्तर्राष्ट्रिय मापदण्ड अनुसार टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम गत वर्ष फागुनमा ठेक्का सम्झौता गरेर सुरु गरिएको थियो । यद्यपि मैदान निर्माण सम्पन्न हुन नसकेपछि म्याद थप गरि काम भइरहेको छ । 


प्रतिक्रिया