एसियन कप छनोट : भियतनामसँग नेपाल ३–१ गोलले पराजित

रेडियो कान्तिपुर संवाददाता

आश्विन २३, २०८२ | काठमाडौं

एएफसी एसियन कप छनोटको तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । समूह एफ अन्तर्गत भियतनाम विरुद्धको खेलमा नेपाली टोली ३–१ गोलले पराजित भएको हो । भियतनामको घरेलु मैदान पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि ६७ औं र ७२ औं मिनेटमा भियतनामले नेपाल विरुद्ध थप दुई गोल गर्दै सहज जित निकालेको हो ।

 नेपालका लागि १७ औं मिनेटमा शनिश श्रेष्ठले गोल गरेका हुन् । आजको खेलको नतिजा पछि भियतनाम ३ खेलमा ६ अंक सहित दोस्रो स्थानमा पुगेको छ भने नेपाल अंकविहीन बनेको छ । छनोटका क्रममा यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग २–० र दोस्रो खेलमा लाओससँग २–१ ले पराजित भएको थियो । 

तुलानात्मक रुपमा भियतनाम नेपाल भन्दा बलियो टोली हो । फिफा बरियतामा नेपाल १ सय ७६ औं स्थानमा रहँदा भियतनाम १ सय १४ औं स्थानमा छ । 


प्रतिक्रिया