एन्फा र ए डिभिजन क्लबहरुबीच हुने भनिएको बैठक स्थगित

आश्विन २६, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग २०२५ सञ्चालन र यू–१६ यूथ लिग तयारीबारे छलफल गर्न आह्वान गरेको बैठक स्थगित भएको छ ।

ए डिभिजनका १४ क्लबबाट प्राप्त सुझावका आधारमा आवश्यक तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको एन्फाले जनाएको छ ।

एन्फाले गत ५ असोजमा ए डिभिजनका १४ क्लबलाई पत्राचार गर्दै छलफलमा सहभागी हुन आग्रह गरेको थियो ।

यसअघि लिगबारे छलफल गर्नका लागि गत भदौ ३१ गते डाकिएको बैठक पनि स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि क्लबहरुले छलफलका लागि एन्फालाई आग्रह गरेको मछिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, नेपाली फुटबल समर्थकले ललितपुरको सातदोबाटोस्थित एन्फाको कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

उनीहरुले नेपाली फुटबलमा देखिएको अव्यवस्था, आर्थिक अपारदर्शिता लगायत बिषय उठाएर प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया