आईसीसी लिग २ का लागि नेपाली टोलीको घोषणा

कार्तिक १, २०८२ | काठमाडौं

यहि अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने लिग २ क्रिकेट शृंखलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा सो टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको रुपमा दीपेन्द्र सिंह ऐरी छन् । क्यानका अनुासार १५ सदस्यीय टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा, शाहब आलम र अनिल शाह रहेका छन् ।

यसअघि ओमानमा भएको विश्वकप छनोटको खेलमा टोलीमा नरहेका अनिल शाह र भीम सार्कीले एक दिवसीय खेलमा स्थान पाएका हुन् । सो छनोट खेल खेलेका लोकेश बम र सन्दिप जोराको नाम भने एकदिवसीय टोलीमा समवेश छैन । सो शृंखलामा नेपालसँगै आयोजक युएई र अमेरिका सहभागी हुने छन् ।

लिग टु तालिकामा नेपाल १६ खेलमा ५ जित सहित १२ अंकका साथ सातौं स्थानमा छ भने यूएई ६ अंक सहित आठौं स्थानमा छ । अमेरिका भने २० खेलमा १४ जितका साथ २८ अंक सहित दोस्रो स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन नेपालका लगि लिग टु सिरिजका खेलहरु महत्वपूर्ण छन् । लिग टु अन्तर्गत भएका पछिल्ला ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको छ ।  



प्रतिक्रिया