दक्षिण अफ्रिकाका स्टार ब्याटर प्लेसिसले बिराटनगरबाट एनपिएल खेल्ने

कार्तिक १४, २०८२ | काठमाडौं

दक्षिण अफ्रिकाका स्टार ब्याटर फाप डु प्लेसिसले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन् ।

अर्को महिना शुरु हुन लागेको एनपीएलका लागि उनलाई विराटनगर किंग्सले टोलीमा भित्र्याएको हो । यसबारे विराटनगर किंग्सले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । ४१ वर्षीय प्लेसिस पछिल्लो दिनमा व्यवसायिक क्रिकेटमा व्यस्त भएका खेलाडी हुन् ।

उनले सन् २०२१ देखि राष्ट्रिय टोलीबाट भने खेलेका छैनन् । प्लेसिसले दिल्ली क्यापिटल्स, चेन्नई सुपरकिंग्स, राइजिङ पुने सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेंगलुरु गरी चार टोलीबाट आइपिएल खेलेका छन् । 


प्रतिक्रिया