अस्ट्रेलिया विरुद्धको दोस्रो टी–२० मा भारत ४ विकेटले पराजित

कार्तिक १४, २०८२ | काठमाडौं
अस्ट्रेलियाविरुद्धको पाँच म्याचको टी–२० सिरिजको दोस्रो खेलमा भारत पराजित भएको छ ।
मेलर्वन क्रिकेट ग्राउण्डमा भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय २६ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १३ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
उसका लागि आपेनर ट्राभिस हेडले २८ र कप्तान मिचेल मार्सले ४६ रनको योगदान गरे । भारतका जसप्रित बुमराह, बरुण चक्रवर्ती र कुलदिप यादवले समान २–२ विकेट लिए । त्यसअघि भारतले १८ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २५ रन मात्र बनाएको थियो ।
आजको जित संगै अस्ट्रेलियाले सिरिजमा १–० को अग्रता समेत लिएको छ । यसअघि गत बुधबार भएको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो । दुई टोलीबीचबको तेस्रो म्याच आइतबार हुनेछ । टी–२० सिरिज अघि भएको ३ म्याचको एकदिवसीय श्रृंखलामा अस्ट्रेलिया २–१ ले विजयी भएको थियो ।



 
  
  
  
  
  
 




