टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाल कठिन समूहमा
मंसिर ९, २०८२ | काठमाडौं
आगामी फेब्रुअरीमा हुने टी - ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।
भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकप ७ फेब्रवरी देखि ८ मार्च सम्म हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल कठिन समूहमा परेको छ।
नेपाल इंग्ल्याण्ड, वेष्ट इण्डिज, बंगलादेश र इटाली रहेको समूहमा परेको छ । तुलनात्मक रुपमा कठिन समूहमा रहेको नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इंग्लयाण्डसँग भारतको मुम्बईमा प्रतिस्पर्धा गर्नेछ । सार्वजनिक खेल तालिका अनुसार नेपालले समूह चरणका अन्य खेलहरु पनि मुम्बईमा खेल्नेछ।










