संयुक्त राष्ट्रसंघको प्रतिवेदन : सन् २०२४ मा ५० हजार बढी महिलाको मृत्यु

मंसिर ९, २०८२ | काठमाडौं

सन् २०२४ मा ५० हजार बढी महिलाहरुको परिवारका सदस्यबाट हत्या भएको पाइएको छ । संयुक्त राष्ट्र संघको लागूपदार्थ तथा अपराध कार्यालयले महिला विरुद्धको हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो । प्रतिवेदन अनुसार यो प्रत्येक १० मिनेट एक तथा प्रति दिन औषतमा १ सय ३७ जनाको हत्या हुने गरेको पाइएको छ ।

 समग्रमा, गत वर्ष विश्वभर ८३ हजार महिला तथा युवतीहरुको जानाजान हत्या गरेको गरेको पाइएको थियो । सो मध्य ६० प्रतिशत हत्याका घटनामा परिवारका सदसस्या नजिकका व्यक्तिहरु संलग्न रहेको प्रतिवेदनले जनाएको छ । 

राष्ट्रसंघीय निकायका अनुसार कतिपय देशहरुमा तथ्याङ्क संकलन गर्ने प्रणाली कमजोर रहेकाले आधिकारीक तथ्याङ्क अझै आउन सकेको छैन । आर्थिक अस्थिरता, द्वन्द्व, जबरजस्ती विस्थापन जस्ता कारण महिलाहरु जोखिममा पर्ने गरेको सो क्षेत्रका जानकारहरुले विश्लेषण गरेको समाचारमा जनाइएको छ ।    


प्रतिक्रिया