एनपिएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर १९, २०८२ | काठमाडौं ।

त्रिवि क्रिकेट रङ्गशाला किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । यी दुईबीचको खेल दिउँसो ४ बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । लुम्बिनीले आजको खेल जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर प्रतिस्पर्धाबाट बाहिरनेछन् ।

 प्रतियोगितामा साविक विजेता जनकपुरले अहिलेसम्म ५ खेलबाट र्२ अंक मात्र जोड्न सकेको छ । लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहदै पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । काठमाडौं र विरानगटर प्ले अफमा पुगेका छन् । 


प्रतिक्रिया