एनपीएल सिजन टुः प्लेअफ समिकरण खेल्ने ४ टोलीको टुङ्गो

मंसिर १९, २०८२ | काठमाडौं

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको प्लेअफ खेल्ने ४ टोलीको टुङ्गो लागेको छ ।

 आज जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफ खेल्ने अन्तिम टोलीका रुपमा नाम दर्ता गराएको हो । लुम्बिनीले ७ खेलबाट ४ मा जित सहित ८ अंक जोडेर प्लेअफमा स्थान पक्का गरेको हो ।

 यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्ग्सले प्लेअफमा स्थान पक्का गरिसकेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य लुम्बिनीले ५ बल अघि नै ६ विकेटको क्षतिमा पूरा गरेको हो । 

आजको खेलको नतिजापछि पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतिस्पर्धाबाट बाहिरिएका छन् । गत संस्करणको विजेता टोली जनकपुर भने यसपटक निकै कमजोर हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 


प्रतिक्रिया