साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफको विजयी सुरुवात
मंसिर १९, २०८२ | काठमाडौं
काठमाडौंमा सुरु दक्षिण एसियाली फुटबल महासंघ साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा नेपालको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलोदशको लिग च्याम्पियन नासरिन स्पोट्स एकेडेमीलाई ४–० गोलले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो ।
एपीएफको जितमा रश्मि कुमारी घिसिङ र मिना देउवाले २–२ गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता लिएको इपीएफले दोस्रो हाफमा ३ गोल थप गरेको हो ।
एपीएफले ३७, ७०, ८० र ९१ औं मिनेटमा गोल गरेको हो । यसअघि आजै भएको उद्घाटन खेलमा पाकिस्तानको कँराची सिटी फुटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले गोलरहित बराबरी गरेका थिए । जारी प्रतियोगितामा ५ टोलीले सहभागीता जनाएका छन् ।










