प्रिमियर लिगमा फुलहम विजयी

रेडियो कान्तिपुर संवाददाता

पुस ८, २०८२ | एजेन्सी

इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा फुलहमले नटिङ्घम फरेस्टलाई पराजित गरेको छ । राउल जिम्नेजको गोलमा फुलहमले १–० गोल अन्तरको जित हात पारेको हो । 

जितपछि फुलहम समग्रमा २३ अंकसहित १३ औं स्थानमा उक्लिएको छ । नटिङघम भने १७ औं स्थानमा कायम छ । जारी लिगमा आर्सनल ३९ अंकसहित शीर्ष स्थानमा छ । ३७ अंक जोडेको म्यानचेस्टर सिटि दोस्रो र एस्टन भिल्ला ३६ अंकसहित तेस्रो स्थानमा छ । 


प्रतिक्रिया