एमाले नेता पोखरेलको अर्थपूर्ण अभिव्यक्तिः पार्टीमा सम्मानजनक व्यवहार हुनुपर्छ

रेडियो कान्तिपुर संवाददाता

पुस ८, २०८२ | काठमाडौं ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा स्ट्याटस राख्दै नेता पोखरेलले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको र त्यसलाई पालना गर्नु सबैको कर्तव्य भएको बताउनुभएको हो । 

११ औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग पराजित भएका पोखरेलले नेतृत्वबाट सबैले आत्मसमर्पण नभई समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ– “नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ । सम्मानजनक व्यवहार नहुँदा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र ?” 

रूपान्तरणका लागि निरन्तर बहस, छलफल, आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चित गर्नुपर्ने पोखरेलको भनाइ छ । 


प्रतिक्रिया