महिला टी–२० विश्वकप छनोटअघि नेपालले वार्म अप सिरिज खेल्दै
पुस २२, २०८२ | काठमाडौं
आइसीसी महिला टी–२० विश्वकप छनोटअघि नेपालले वार्म अप सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा भोलिदेखि सिरिज खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ भने शुक्रबार स्कटल्यान्ड र आइतबार जिम्बावेसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । काठमाडौंमा पुस २८ देखि हुने विश्वकपमा छनोटका लागि नेपालले टोली घोषणा गरिसकेको छ ।
इन्दू बर्माको कप्तानी रहेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।









