इटालीको सिरी एमा क्रेमोन्सेमाथि युभेन्ट्सको जित
पुस २९, २०८२ | काठमाडौं
युभेन्ट्सले इटालीको सिरी ए को पछिल्लो खेलमा क्रेमोन्सेमाथि शानदार ५–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लेको छ ।
यो नतिजापछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ । यो शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको मात्र दूरी हो ।
यो सिजन खराव सुरुआत लिएको युभेन्ट्स पछिल्लो पटक लयमा छ र अब उपाधिको होडमा पनि सामेल भएको छ । क्रेमोन्से भने २२ अंकमा १३ स्थानमा छ ।
युभेन्ट्सका लागि ग्लेसन ब्रेमेर, जोनाथन डेविड, केनन यिल्डिज, वेस्टन म्याककेनीले गोल गरे ।
अर्को एक गोल आत्मघाती रह्यो ।









