सुनको मुख्य हालसम्मकै उच्च

पुस २९, २०८२ | काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५ सय र त्यति नै चाँदीको मूल्य ५ हजार ३४० कायम भएको छ ।

गत आइतबार प्रतितोला २ लाख ७० हजार ६ सयमा कारोबार भएको छापावाला सुन हिजो तोलामा ४ हजार १ सयले बढेर २ लाख ७४ हजार ७ सय कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला ४ हजार ९ सय ९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो ५ हजार १ सय ९५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।


प्रतिक्रिया