एपीएफ क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
माघ २८, २०८२ | काठमाडौं
एपिएफ क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा भएको क्वाटरफाइनल खेलमा एपीएफले भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
एपीएफको जितमा हरि कार्कीले तीन र प्रदिप लामाले एक गोल गरे । रोयल थिम्पुका लागि किन्जाङ तेन्जिङ शेर्पाले पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए ।
भोली हुने अन्तिम क्वार्टरफाइनलमा मछिन्द्र एफसी र मलेसियाको एन पेनाङबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।










