झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

रेडियो कान्तिपुर संवाददाता

माघ २९, २०८२ | झापा

झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आज भएको अन्तिम क्वाटरफाइन खेलमा मलेसियाको एन पेनाङ एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो । 

डोमालाल राजवंशी रंगशालामा आर्मीको जितमा सनिश श्रेष्ठ र विदेशी खेलाडी जोनाथन जोरिल्लाले एक÷एक गोल गरे । मलेसियाली टोलीका लागि जोन जिडेइनाले एक गोल फर्काए । 

प्रतियोगिता अन्गर्तत भोली हुने पहिलो सेमिफाइनमा आयोजक टोल झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।


प्रतिक्रिया