फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबको बराबरी

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०८२ | काठमाडौं

फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा फ्रेन्ड्स र जावलाखेलले १–१ को बराबरी खेलेका हुन् । 

१० खेलाडीमा सीमित जावलाखेलका लागि ४७ औँ मिनेटमा विकास दर्लामी मगरको गोलबाट अग्रता लिए पनि ५२औँ मिनेटमा प्रकाश लम्सालले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । बराबरीसँगै जावलाखेलले प्रतियोगितामा १४ अंक जोडेको छ । फ्रेन्ड्सको १३ अंक छ ।


प्रतिक्रिया