आक्रमणमा इरानी मन्त्री इस्माइल खातिब मारिएको इजरायलको दाबी

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०८२ | काठमाडौं

इजरायलले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेको छ । रातारात गरिएको आक्रमणमा खातिबको मृत्यु भएको इजरायली अधिकारीहरुलाई उद्धृत गर्दैै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

यद्यपि खातिबको मृत्युबारे इजरायलको दाबीमाथि इरानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसअघि हिजो मात्र इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी पनि मारिएको समाचारमा उल्लेख छ । यसैबीच, इजरायलले लेबनानको राजधानी बेरुतमा श्रृंखलाबद्ध हवाई आक्रमण गरेको छ ।  


प्रतिक्रिया