इरान-अमेरिका युद्ध असर : पाकिस्तानले राष्ट्रिय दिवस नमनाउने
चैत्र ४, २०८२ | काठमाडौं
पाकिस्तान सरकारले यस वर्षको वार्षिक राष्ट्रिय दिवस परेड तथा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको जनाएको छ । इरान र अमेरिकाबीच जारी तनाबपूर्ण अवस्थालाई लिएर तेल संकटलाइ कम गर्ने उद्देश्यले राष्ट्रिय दिवस नमनाउने भएको हो ।
पाकिस्तानले प्रत्येक वर्ष मार्च २३ तारिखको दिन देशभर परेड, सैनिक हवाई प्रदर्शन र सांस्कृतिक कार्यक्रमहगर्दै आएको थियो । प्रधानमन्त्री शेहबाज शरीफको कार्यालयका अनुसार यस पटक राष्ट्रिय दिवस सामान्य कार्यक्रम गरि मनाउने तयारी भएको छ ।
यो निर्णय गत साता घोषणा गरिएका खर्च कटौती उपायसँग मिलेको अत्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्धन बचतका लागि भन्दै पाकिस्तानले सरकारी काम सातामा चार दिन गर्ने तथा कतिपय कामलाई घरैबाट गर्ने व्यवस्था मिलाउने र विद्यालयहरु बन्द गर्ने तयारी गरेको समाचारमा जनाइएको छ । पाकिस्तान खाडी मुलुकबाट आयात हुने तेल र ग्यासमा निर्भर रहेको देश हो ।











