जय ट्रफीमा त्रिभुवन आर्मी क्लबद्वारा नेपाल पुलिस क्लबविरुद्ध अग्रता
चैत्र ४, २०८२ | काठमाडौं
जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले दोस्रो दिनको समाप्तिमा नेपाल पुलिस क्लबविरुद्ध अग्रता बनाएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा पहिलो इनिङ्समा त्रिभुवन आर्मी क्लबले २ सय २१ रन बनाएको थियो भने नेपाल पुलिस क्लब पनि समान २ सय २१ रनमै अलआउट भएको छ ।
पुलिसका लागि करण केसीले उत्कृष्ट ७२ रनको योगदान दिएका थिए । यसैबीच, दोस्रो दिनको समाप्तिमा आर्मीले ५२ ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ७८ रनको अग्रता लिएको हो ।











