सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया
चैत्र ११, २०८२ | काठमाडौं
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घु“डाको सफल शल्यक्रिया भएको छ । सामाजिक सञ्जालमार्फत आज बिहान न्युजिल्याण्डको अकल्यान्डमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन् ।
साम्बाका अनुसार खाडी क्षेत्रमा अवस्था अनुकूल नरहेका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजिल्याण्डमै शल्यक्रिया गरिएको हो । अब चिकित्सककै निगरानीमा रिह्याब (पुनस्र्थापना) प्रक्रिया सुरु हुने र अवस्था सामान्य भएसगै अस्पेटारमा निरन्तरता दिने उनले बताएकी छन् । उनले उपचारका क्रममा सहयोग पु¥याउने वेलिङ्टन र अकल्यान्डस्थित नेपाली समुदाय, उनी आवद्ध क्लब वेलिङ्टन फोनिक्स तथा व्यवस्थापन टिमप्रति आभार व्यक्त गरेकी छन् । यसअघि साम्बाले गत फागुन १४ गते उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गरेकी थिइन् ।
घुडाको जटिल शल्यक्रिया आवश्यक परेको र अनुमानित ८० हजार अमेरिकी डलर (१ करोड १५ लाख रुपैयाँभन्दा बढी) खर्च लाग्ने उनले उल्लेख गरेकी थिइन् । शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि उनले २४ घण्टामै धन्यवाद दिदै सहयोग संकलन रोकेकी थिइन् । गम्भीर चोटका कारण लामो समय मैदान बाहिर रहनुपरेको साम्बाले हाल आफ्नो करियरकै कठिन चरण भएको उल्लेख गर्दै समर्थकको साथले पुनरागमनको यात्रा अघि बढाउने बताएकी छन् ।











