नवनिर्वाचित सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह
चैत्र १५, २०८२ | काठमाडौं
संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐनअनुसार सांसदलाई शपथको मितिदेखि ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउन सचिवालयले सूचना जारी गरेको हो ।
भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सचिवालयका अनुसार सांसदहरुले जेठ १० गतेभित्र सम्पत्ति विवरण सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्नेछ । सांसदहरूले विवरण बुझाउँदा सम्पत्तिको स्रोत समेत समावेश गर्नुपर्ने सचिवालयले जनाएको छ ।










