अमेरिकामा राष्ट्रपति ट्रम्पको विरुद्धमा विरोध प्रदर्शन शुरु
चैत्र १५, २०८२ | काठमाडौं
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन शुरु भएको छ । देशव्यापी बनेको नो किङ्ग्स नामक ट्रम्प प्रशासन विरोधि अभियानमा हजारौं संख्यामा सर्वसाधारण सडकमा उत्रिएका हुन् । ट्रम्प प्रशासन विरुद्ध भइरहेको यो विरोध प्रदर्शन तेस्रो चरणको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले अपनाएको इरानसँगको युद्ध, संघीय आप्रवासन नियन्त्रण र बढ्दो जीवनयापन लागत क्षेत्रका नीति विरुद्ध प्रदर्शन चर्किएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्प तानाशाहजस्तो शासन गर्न उद्दत भएको आलोचकहरुले बताउँदै आएका छन् । अमेरिकाका ठूला सहरहरु न्यूयोर्क, वासिङ्टन डीसी, लस एन्जलस, बोस्टन, ह्युस्टन लगायतमा ट्रम्प प्रशासनको विरोधमा प
प्रदर्शन भएको समाचारमा जनाइएको छ । केहि समय अघि संघीय आप्रवासन अधिकारीहरुले दुई अमेरिकी नागरिकको गोली हानी हत्या गरेपछि त्यहाँ व्यापक आक्रोश फैलिएको र अहिले जारी प्रदर्शनमा समेत सो विषयमा प्रमुखताका साथ उठेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।










