आगामी चैत २८ देखि ३८ औं विराट गोल्डकप प्रतियोगिता हुँदै

रेडियो कान्तिपुर संवाददाता

चैत्र २६, २०८२ | काठमाडौं

पूर्वी नेपालको प्रतिष्ठित फुटवल प्रतियोगिता विराट गोल्ड कपको ३८ औं संस्करण यहि चैत २८ देखि आगामी वैशाख ५ सम्म हुने भएको छ । आयोजक विराट फुटबल ट्रस्टले प्रतियोगिता रात्रीकालीन समयमा सञ्चालन गर्ने तयारी भएको जनाएको छ । 

प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीले सहभागीता जनाउनेछन् । नेपालका तर्फबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, नेपाल एपीएफ क्लब, चर्च ब्वाइज क्लब, विराटनगरको सम्राट स्पोर्टिङ क्लब, झापा–११ फुटबल क्लब र भारतको अल झारखण्ड विर्षा मुण्डा फुटबल एकेडेमीले प्रतियोगितामा आफ्नो चुनौती पेश गर्नेछन् । 

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।   


प्रतिक्रिया