नेपालले युएईसँग आगामी बैशाखमा टी–२० आई सिरिज खेल्ने
चैत्र २७, २०८२ | काठमाडौं
नेपालले संयुक्त अरब इमिरेट्स युएईसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीच आगामी वैशाख ६ र ७ गते दुई खेलको टी–२० आई सिरिज हुन लागेको हो ।
त्यसपछि नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज वैशाख १२ देखि २२ सम्म हुनेछ ।
यस्तै, वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलीत अर्को त्रिकोणात्मक सिरिज सुरु हुनेछ ।
यस्तै लिग टु सिरिज कै क्रममा नेपालको ’ए’ टोलीले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान २–२ खेलको एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ ।











