भारतमा विमान दुर्घटना हुँदा २ पाईलटसहित १७ जनाको मृत्यु

श्रावण २४, २०७७ | काठमाडौं

भारतको केरलामा एयर इण्डियाको जहाज दुर्घटना हुँदा २ पाईलटसहित १७ जनाको मृत्यु भएको छ । दुबइबाट केरला आएको बोइङ कोझिकोड विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको हो । 

१ सय ९० जना सवार रहेको जहाजमा १० बालबालिका समेत थिए । दुर्घटनामा १ सय ६० जना यात्रु घाइते भएका छन् । जस मध्ये २५ जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ । विमान अवतरण गर्ने क्रममा चिप्लिएर रनवे भन्दा बाहिर गएको थियो । 

केरलामा भारी वर्षाका कारण अवतरणको पहिलो प्रयास सफल हुन नसकेपछि दोश्रो पटकको प्रयासमा विमान अवतरण गरिएको थियो । चिप्लिएर दुर्घटनामा परेको जहाज दुई टुक्रा भएको छ । कोरोना भाइरस महामारीका कारण दुबईमा अलपत्र परेका नागरिकलाई उद्धार गरी एयर इण्डियाको जहाज मुलुक फर्किएको थियो । 


प्रतिक्रिया