नाकामा कडाई नगरे उपत्यकामा माहामारीको रुप भयावह हुन्छ : चिरीबाबु महर्जन

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 8 August 2020 | 24 Shrawan 2077

उपत्यकामा पछिल्लो समय देखिएको सक्रमणको अवस्था नियन्त्रणका लागि केन्द्र सरकार नै मुख्य जिम्मेबार भएको ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले बताउनुभएको छ । उपत्यकामा प्रबेश गर्ने नाकामा भएको हेलचेक्रयाईको असर अहिलेको अवस्था भएको उहाँको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मेयर महर्जनले नाकामा कडाई भए, आन्तरिक व्यवस्थापनमा स्थानिय तह सक्षम रहने उहाँको दाबी थियो ।

रोकथाम नियन्त्रणका लागि केन्द्र सरकारले आवश्यक भुमिका खेल्न नसकेको आरोप लगाउदै मेयर महर्जनले त्यहि गल्तीका कारण माहामारीले डरलाग्दो रुप लिएको स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया