सामुदायिक वनका उपभोक्ताहरुले वनको लाभ उठाउन पाएका छैनन् : भारती पाठक

श्रावण २६, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 10 August 2020 | 26 Shrawan 2077

वन संरक्षणमा खटिने उपभोक्ताले वन पैदावर र वनजन्य उत्पादनमा हकअधिकार उपभोग गर्न नपाउँदा यसले उनीहरुको उत्पादकत्वमा बृद्धि हुन नसकेको सरोकारवालाले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले उपभोक्ताको अधिकार वन जोगाउने र संरक्षणमा मात्रै सीमित हुँदा यसले समुदायमा वनप्रतिको सकारात्मक धारणा बृद्धिमा बाधा पु¥याएको बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले २२ हजार भन्दा बढी उपभोक्ता समूहहरु रहेको सामुदायिक वनमा ३० लाख घरधुरी प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो ।

मध्य पहाडमा समुदायलाई हस्तान्तरण गरिएकाले वनहरु संरक्षित भएपनि सरकारले तराईका वन आफैंले संरक्षण गर्ने नीति लिएकाले विनाश नरोकिएको पाठकले बताउनुभयो । समुुदायलाई संरक्षण र उपभोगमा अगाडि नबढाएसम्म कुनै पनि क्षेत्रमा वन संरक्षण नहुने उहाँको तर्क थियो । संविधानले स्थानीय प्राकृतिक स्रोतमा स्थानीयको अधिकारलाई मौलिक हक माने पनि पछि बनेका कानून र निर्देशिकाका कारण सामुदायिक वनका उपभोक्ता मारमा परेको अध्यक्ष पाठकले बताउनुभयो ।


प्रतिक्रिया