कान्तिपुरकर्मी पौडेललाई उत्कृष्ट वातावरण पत्रकार पुरस्कार

जेष्ठ २२, २०७५ | काठमाडौं

कान्तिपुरकर्मी मनोज पौडेल उत्कृष्ट वातावरण पत्रकार पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् । वन तथा वातावरण मन्त्रायलयद्वारा प्रदान गरिएको उक्त पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई प्रदान गर्नुभयो । विश्व वातावरण दिवसको उपलक्ष्यमा आज ललितपुरमा आयोजित कार्यक्रममा ५० हजार नगद र प्रसंशा–पत्र प्रदान गरिएको थियो ।

वातावरण संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनमा सञ्चार माध्यमबाट उल्लेखनीय योगदान गरे बापत पुरस्कार प्रदान गरिएको हो । वन्यजन्तु र चरा संरक्षणमा योगदान गरि पर्यापर्यटन र संरक्षणलाई टेवा दिने खालको समाचार, आलेख र फोटो फिचर प्रकाशित गरी योगदान गरेका छन् ।

वातावरण र संरक्षण क्षेत्रमा एक दशक देखि कलम चलाउदै आएका पौडेलले कतिपय चराको गुडँ बनाउँदा देखि बच्चा हुर्काउँदा सम्म लाईफ स्टाईल कैद गरेर प्रकाशन गरिसकेका छन् । पौडेलसंगै उक्त पुरस्कार हिमाल खबर साप्ताहिकका मुकेश पोखरेलले पनि प्राप्त गरेका छन् । 


प्रतिक्रिया