पार्टीको जनमत घटिरहेका बेला सत्तारुढ माओवादी केन्द्रको तीन महिने अभियान सुरु

भाद्र १६, २०८० | काठमाडौं

पछिल्लो समय सत्तामा केन्द्रीत हुँदा सांगठनिक संरचना कमजोर भएको भन्दै नेतृत्वले आलोचना खेब्दै गर्दा सत्तारु मओवादी केन्द्रले आगामी निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरेको छ । लोकतन्त्रपछिका सबै जसो सरकारमा सहभागि भएको माओवादीको जनमत खस्कीदै जादा कतै पार्टीकै अस्वित्व मेटिने त होइन भन्ने आकलनबीच तीन महिने जनतासँग माओवादी नामक अभियानको शुभारम्भ शनिवार प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहालले गरेका हुन । अभियानका क्रममा २५ लाख मतदातासंग साक्षात्कार गर्ने योजना र ८ लाख पार्टी सदस्यता बनाउने पार्टीको योजना छ । तर, माओवादी केन्द्रले सो लक्ष्य भेट्टाउने सम्भावना भने न्यून रहेको विश्लेषन सुरु भएको छ ।

सत्तारुढ माओवादी केन्द्रले शनिबार तीन महिने जनतासँग माओवादी नामक अभियानको शुभारम्भ गरेको हो । तीन महिने अभियानमा मतदाताको घरसम्म पुग्ने योजना सहित अहिले केन्द्रका पदाधिकारीदेखि केन्द्रीत तहका नेताहरु तल्लो तहमा गएका छन् । अभियानलाई तीन तहमा विभाजनगरि करिब २५ लाख मतदातासँग साक्षात्कार गर्ने योजना सहित अघि बढेको माओवादी केन्द्रले आगामी निर्वाचनलाई आफ्नो पक्षमा पार्ने मुख्य लक्ष्य बनाएको छ । गत निर्वाचनमा तेस्रो पार्टीमा खुम्चिएको माआवोदी केन्द्र संघीय संसदको पहिलो शक्ति नेपाली कांग्रेस सहितको गठबन्धनको सहयोगमा वर्तमान सरकारको नेतृत्व गरिरहेको छ । सरकारमा रहँदा गरेका कामहरुका बारेमा जनतासँग साक्षात्कार गर्ने र सोहि अनुरुप आगामी निर्वाचनलाई पहिलो शक्तिकारुपमा उभ्याउने सो पाटीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको योजना छ ।

दश वर्षे सशस्त्र द्वन्द्वको राप र तापमा २०६४ को पहिलो संविधानसभा निर्वाचनबाट पहिलो शक्तीका रुपमा उदाएको माओवादी केन्द्र २०७९ सालको आमनिर्वाचन सम्म आइपुग्दा तेस्रो दलमा खुम्चीएको हो । द्धन्द्धको समय होस् वा शान्तिपूर्ण राजनीतिमा माओवादी पार्टी र सो पार्टीको नेतृत्वकर्ता दाहाल राष्ट्रिय राजनीतिको केन्द्रमा देखिने गरेका छन् । पार्टी कमजोर हुँदा पनि नेतृत्व बारम्बार सरकारमा सहभागि हुने गरेको भन्दै पछिल्लो समय माओवादी केन्द्रभित्र आन्तरिक तिक्तता बढ्दै गएको छ । अध्यक्ष दाहालले अभियानले अहिले सम्म प्राप्त गरेको उपलव्धीलाई संस्थागत गर्ने र पार्टीलाई पुनः लयमा ल्याउने अपेक्षा गरेका छन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनबाट तीनै तहमा तेस्रो बनेको माओवादी केन्द्रको सांगठनिक संरचना कमजोर देखिएको छ । माओवादी केन्द्रको संघमा प्रत्यक्ष तर्फ १८ र समानुपातिकमा १४ गरि ३२ सिटमा खुुम्चियो । सातै प्रदेशको नतिजा पनि त्यति सन्तोषजक छैन् । कोशीमा १३, मधेश प्रदेशमा ८, बागमतिमा २१, गण्डकीमा ७, लुम्बिनीमा ९, कर्णालीमा १३ र सुदुरपश्चिममा ११ सिटमा सिमित बन्यो । उसो त, अघिल्लो निर्वाचनमा १३ लाख ३ हजार ७ सय २१ समानुपातिक मत प्राप्त गरेको माओवादीले गत निर्वाचनमा ११ लाख ७५ हजार ६ सय ८४ मतमा चित्त बुझाउनु प¥यो । यी सबै नतिजालाई मध्यनगर गर्दै आगामी निर्वाचनलाई आफ्नो पक्षमा पार्ने योजना बनाएको माओवादीले जनमत गुमाइसेको राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरले बताए ।

सत्ताकालागि जस्तो सुकै सम्झौता गर्न तयार हुने भन्दै अध्यक्ष दाहालको आलोचना हुने गरेको छ । नेतृत्व सत्तामा केन्द्रीत हुदा २०६४ पछिको पहिलो संविधानसभा पश्चात पार्टी छिन्नभिन्न छ । समयक्रम सँगै मोहन वैद्य, डा.बाबुराम भट्टराई, नेत्र विक्रम चन्द, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका कयौं नेता कार्यकताले बाटो बदलिसकेका छन् । विभाजनको मार खेपेको माओवादीले तीन महिना अभियानबाट आफूलाई कता लैजाने हो त्यसको टुंगो छैन । 


प्रतिक्रिया